मुख्य समाचार

अनेमसंघ बिर्तामोडको अध्यक्षमा नैनकला

अनेमसंघ बिर्तामोडको अध्यक्षमा नैनकला


बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोडको नयाँ नेतृत्व चयन भएको छ । आज बिर्तामोडमा सम्पन्न तेस्रो नगर सम्मेलनले नैनकला ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

तेस्रो नगर सम्मेलनबाट अनेमसंघ बिर्तामोडको नगर अध्यक्षमा नैनकला ढकाल सर्वसम्मत चयन हुनुभएको हो ।
यस्तै, उपाध्यक्षमा बिनिता तामाङ, सचिवमा चन्द्रकला रिजाल, सहसचिवमा सर्मिला राजवंशी र कोषाध्यक्षमा पुष्पा प्रसाईं सिटौला सर्वसम्मत हुनुभएको छ । २७ सदस्यीय नगर कमिटी बनेको छ ।

अनेम संघ बिर्तामोड नगर अध्यक्ष यसोदा प्रसाईको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । सो कार्यक्रममा अनेमसंघका नेतृहरु पबित्रा महतारा प्रसाईं ,पबित्रा पाठक र खगमाँया धिताललाई राजनीतिक योगदानको मुल्याङकन गर्दै
सम्मान गरिएको छ ।

नगर सम्मेलनमा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष काफ्ले, कोशी प्रदेश सचिव हेमकला कट्टेल, झापा अध्यक्ष लिला दाहाल, नेकपा एमाले बितामोड नगर अध्यक्ष सुवास भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares