बिर्तामोडको शनिश्चरे रोडमा कालोपत्रेको तयारी

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकास्थित शनिश्चरे रोडमा कालोपत्रेको लागि अन्तिम तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । प्रविन निर्माण सेवा दमकले कालोपत्रेका लागि अन्य तयारीको काम भइरहेको जनाएको छ । प्रविन निर्माण सेवा दमकका प्रतिनिधि राजकुमार अधिकारीले टाटाको शोरुमदेखि पुल्चोकसम्म पहिलो चरणमा कालोपत्रे गरिने जानकारी दिए । उनका अनुसार बैशाख मसान्तसम्म कालोपत्रेको काम सम्पन्न हुनेछ…