काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् । उजुरी पश्चात पत्रकारसँग कुरा गर्दै उनले आफूमाथि अन्याय भएको बताए । सुबेदीले आफूमाथि नसोधीकन यो निर्णय लिइएको भन्दै चित्त दुखाएका थिए । उनले भने, ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि निर्णय लिनु अगाडि मलाई सोध्नुपर्थ्यो । मलाई सोधिएको…