बिर्तामोड । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिर्तामोडमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेकपा एमाले झापाले जनाएको छ ।

दिउँसो २ बजे बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरिने भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने पार्टीका सचिव तुलसी कार्कीले जानकारी दिए । झापा इलामका विभिन्न कार्यक्रममा सहभागी हुन आउनु भएका प्रधानमन्त्री ओलीको आजको अन्तिम कार्यक्रमको रुपमा बिर्तामोडको सम्बोधन रहेको छ । बिर्तामोडको सम्बोधन सकेर ३ः४५ बजे काठमाडौं फर्किने तालिका छ ।
दमकमा ताराबारी डिपो सडकको उद्घाटन, हुलाकी सडक गौरीगञ्ज पश्चिममा रहेको रतुवा पुलको उद्घाटनका कार्यक्रम सकेर बिर्तामोड आउने सचिव कार्कीले जानकारी दिए ।
शनिवार प्रधानमन्त्री ओलीले भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल, माइ नगर अस्पताल, बृहत खानेपानी आयोजनाको शिलान्यास, माइ नगरपालिका र कनकाई नगरपालिकामा जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ ।







प्रतिक्रिया