बिर्तामोड । १० बर्षीय बालक साइमन हस्दाको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । झापाको बिर्तामोड–६ स्थित तमिलवाडीका साइमनलाई ‘बोनम्यारो’ रोग लागेपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको हो । स्थानीय कन्चनजंघा इग्लिस बोडिङ स्कुल कक्षा–५ मा अध्ययनरत साइमन एक महिना अघिबाट बिरामी थिए । प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा छोरालाई बोनम्यारो भएको थाहा…