बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगान क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । आज दिउँसो साढे १ बजेको समयमा उक्त क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद…