ठूलो ब्याट्री, प्रिमियम फिचर्ससहित नयाँ टाटा पन्च ईभी नेपाली बजारमा

काठमाण्डाै - टाटा मोटर्सले ठूलाे ब्याट्री क्षमता, थप स्मार्ट र प्रिमियम फिचर्ससहितकाे नयाँ टाटा पन्च विद्युतीय गाडी (ईभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ टाटा पन्च ईभीमा लामाे रेन्ज, एसयूभीकाे आकर्षक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्सले प्रयाेगकर्तालाई नयाँ अनुभव दिनेछ । याे ईभीमा चालक तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुरक्षा प्रविधि समावेश गरिएको कम्पनीले…