बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले हरेक वर्ष उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गर्दै आएको छ । नगरले माग गरेको आवेदनमा शिक्षकहरुको उपस्थिति भने कमजोर पाइएको छ । शुक्रवार २०८१ का उत्कृष्ट ३ जना शिक्षकलाई नगरपालिकाले नगद ५० हजारसहित पुरस्कृत गरेको छ । ठुलो नगदराशीसहितको पुरस्कार हुँदा पनि आवेदन दिनेहरुको संख्या कमजोर रहेको तथ्याङक रहेको…