काँकरभिट्टाबाट १९ लाखको अवैध सामानसहित बरामद

झापा । झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा भारतबाट भन्सार छली ल्याइएका अवैध लत्ताकपडा, कस्मेटिक तथा हार्डवेयरका सामानहरू बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ स्थित सुन्दर टोल निवासी कोपिला तामाङको घरमा लुकाएर राखिएको अवस्थामा ती सामानहरू बरामद गरिएको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा…