अम्बिका भण्डारी झापा । बुद्धशान्ति–३ स्थित मेची राजमार्गको चारआली–बुधवारे सडक किनारमा एउटा सानो भाडाको घर छ, जहाँ सञ्जयकुमार गुप्ता साइकल मर्मत गर्नुहुन्छ भने उहाँकी पत्नी अनिता चटपटे र किराना पसल चलाउनुहुन्छ । यही पसलको एउटा कुनामा बसेर २० वर्षीय भुवनकुमार गुप्ता भविष्यको सुन्दर तस्बिर कोरिरहनु भएको छ । जसको शरीरको छाला लाखौँमा देखापर्ने एउटा दुर्लभ…