कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घन्टा ढिलो मतदान सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलोगरी…