काठमाडौं– केन्द्रमा शेरबहादुर देउवा सरकार जोगाउन गठबन्धनकारी दलले तालमेलको निर्णय गरे पनि जिल्लामा धमाधम अस्वीकार हुन थालेको छ । रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय अनुगमन समितिले तालमेल सम्भव नहुने निष्कर्ष निकाल्न थालेको छ । त्यसो त खुमलटारमा शुक्रबार मात्रै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा समस्या देखिएको बताउनुभएको थियो ।…