एमाले एकता सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न नेपालको आग्रह

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू तत्काल नगर्न आग्रह गरेको छ । अघिल्लो सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन नेपाल पक्षले आग्रह गरेको सत्तारुढ कार्यदलका एक सदस्यले बताए । यसबीचमा नेपालनिकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री…