बिर्तामोड । नमूना संसदमा झापाका युवा सांसदहरुले जिल्लाका समस्याहरु उठाएका छन् । संघीय संसद सचिवालयको आयोजनामा भएको नमूना संसदको अभ्यासमा युवा सांसदहरुले जिल्लाका मुद्धाहरुसँगै समाजमा रहेका साझा विकृतिहरु उठाएका हुन् । संघीय संसदले कात्तिक १४ गतेदेखि झापाको बिर्तामोडमा २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई संसदको अभ्यास गराएको थियो । तीन दिनसम्म अभ्यास गरेका विद्यार्थीहरुले शुक्रवार नमूना…