काठमाडौँ, १८ असोज - सरल र बौद्धिक सांसद डा कालुराम राईलाई एक हातले लौरो र अर्कोले श्रीमतीको हात समातेर सिंहदरबार तथा नयाँ बानेश्वरतिर लुखुरलुखुर हिँडडुल गरिरहेको देख्न सक्छौँ । करिब १२ वर्षअघि दुवै आँखाका दृष्टि गुमाउनुभएका बयोवृद्ध सांसद ‘केआर खुम्बु’लाई एक्लै हिँड्न कठिन हुन्छ । जन्मजात दृष्टिविहीन भएका भए बरु त्यहीअनुसारको तालिम र अभ्यस्तता हुन्थ्यो…