कांग्रेसको झापा जिल्ला सम्मेलन असोज २० मा

बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी र भिष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति एवं पूर्व मुख्यमन्त्री उद्वव थापालगायतको आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न…