बिर्तामोड । झापाको मेचीनगरमा नेपाली कांग्रेस परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम मेचीनगर अधिवेशनका क्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् । एमालेका पोलिटव्यूरो सदस्य एवम् झापा इन्चार्ज विशाल भट्टराई, बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णु प्रसाई लगायतले उनीहरुलाई स्वागत गरेका छन् ।…