सङ्क्रमण बढे पनि आतङ्कित हुनपर्ने अवस्था छैनः मन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन गर्दै उहाँले छिमेकी मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढे पनि नेपालमा सङ्क्रमण बढ्न नदिने बताउनुभयो । उहाँले भारतमा सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि सङ्क्रमणको जटिलता थपिएको…