विराटनगर । प्रदेश नं १ का तीन जिल्लामा यही चैत २० गतेदेखि खुवाइने हात्तीपाइले चक्कीको सम्पूर्ण तयारी पूरा भएको छ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि…