झापा गाउँपालिका अध्यक्षकप भलिवलको सेमि समिकरण पूरा, शनिवार फाइनल
शरणामती । झापा गाउँपालिका– ६ शरणामतीमा जारी अध्यक्ष कप प्रदेश नम्बर १ पालिका स्तरीय भलिबल प्रतियोगिताको बिहीवारको खेलबाट सेमिफाइनलको समिकरण पूरा भएको छ ।
सेमिफाइनलमा आयोजक झापा गाउँपालिका सहित झापाको बिर्तामोड र दमक नगरपालिका र संखुवासभाको सभापोखरी गाउँपालिका सेमिफाइनमा प्रवेश पाएका छन् ।

आजै भएको क्वाटरफाइनलको खेलबाट झापाको बाह्रदशी गाउँपालिका सहित भोजपुरको रामप्रसाद राई गाउँपालिका, टेक्के मयुङ गाउँपालिका र सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकाको टिम पराजित हुदै विदा भएका छन् । सेमि फाईलमा प्रवेश गर्ने यी अन्तिम चारका टिमले कम्तीमा १० हजार १११ रुपैँयाभन्दा माथिको पुरस्कार रक्षा गरेका छन् । बिहीबारको पहिलो खेलमा दमक नगरपालिकाले सोलुखुम्बुको नेचा सल्लेरी गाउँपालिकालाई २५-२०, २५-१७ र २५-२३ को सोझो सेटमा पराजित गर्दै सेमिको यात्रा पक्का गरेको हो । सो खेलको उत्कृष्ट खेलाडी दमकका प्रकाश लिम्बु भए ।
दोस्रो खेलमा भोजपुरको सभापोखरी गाउँपालिकाले भोजपुरकै रामप्रसाद राई गाउँपालिकाको टिमलाई ३-१ को सेटले हराउदै सेमिफाइनलमा प्रवेश पाएको हो । सभापोखरीले पहिलो सेट २५—२२ र दोस्रो सेट २५-२१ ले जित्दा तेस्रो सेट रामप्रसाद राई गाउँपालिकाले २५-१६ ले जितेर खेलमा फर्कने प्रयास गरेको थियो तर चौथो सेट सभापोखरीले पुन २५-१३ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो । सो खेलको उत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर कट्टेल भए ।
यसैगरि तेस्रो खेलमा बिर्तामोड नगरपालिकाले बेष्ट अफ फाइभमा भोजपुरको टेम्के मयुङ गाउँपालिकालाई हराउदै सेमिफाइनलको यात्रा पक्का गरेको हो । बिर्तामोडले पहिलो र दोस्रो सेट २५-१६ र २५-१८ ले जित्दा तेस्रो र चौथो सेट टेम्केले २५-२२ र २३-२५ ले जितेर खेल रोमांचक बनेको थियो । अन्तिम सेट बिर्तामोडले १५-१३ ले जित्दै टेक्केको चुनौती पन्छाएको हो । उक्त खेलको उत्कृष्ट खेलाडी टेम्केका सरोज राई भए ।
बिहीवारको अन्तिम खेलमा आयोजक झापा गाउँपालिकाले झापाकै बाह्रदशी गाउँपालिकालाई २५-२२, २५-२७ र २५-२२ को प्रतिस्पर्धात्मक सोझो सेटमा हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
सो खेलको उत्कृष्ट खेलाडी आयोजक झापा गाउँपालिकाका रोशन शिवाकोटी भएका थिए । शुक्रवारको पहिलो सेमिफाइनल खेल सभापोखरी संखुवासभा र झापा दमक बिच बिहान १० बजे र दोस्रो सेमिफाइनल खखेल दिउसो १ बजे बिर्तामोड नगरपालिका र आयोजक झापा गाउँपालिकाविच हुने आयोजक समितिका सागर किरण भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा प्रदेश नम्बर एकका २२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमले नगद १ लाख १ हजार १ सय ११ , ७१ हजार १११, २१ हजार १११ र सान्तवना हुने एक टिमलाई १० हजार १ सय ११ रुपैँया पाउने छन् । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले नगद सहित पुरस्कार पाउँदा सर्वोकृष्ट खेलाडीले समेत नगद १० हजार रुपैँया पाउने छन् । प्रतियोगिताको फाइनल खेल शनिवार हुनेछ ।