बिर्तामोड । सर्वोच्च अदालतको फैसला विरुद्ध झापामा आज बृहत विरोध र्याली सम्पन्न गरिएको छ । सयौं युवाहरुले मोटरसाइकल र्याली गर्दै सर्वोच्चको फैसलाको विरोध जनाएका छन् ।
झापाको काँकरभिट्टादेखी दमकसम्म मोटरसाइकल र्याली गर्दै युवाहरुले प्रधानन्यायाधीशको मनपरी फैसला विरुद्ध नारावाजी गरेका छन् । उनीहरुले न्यायालयले गरिरहेको राजनीतिक तथा दलीय आत्मसमर्पणवाद विरुद्ध युवाहरु सडकमा निस्किएका छन् ।

नेपाल खेलकुद महासंघको आयोजनामा बृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको छ । जिल्लाका मुख्य बजारहरुमा कोणसभा गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध नारावाजी गरिएको थियो । उनीहरुले न्यायालयले नै फोहोरी राजनीति गरेको आरोप लगाएका छन् । राणाले केपी ओली सरकार विरुद्ध पूर्वाग्रह भएर फैसला गरेको उनीहरुको भनाई छ ।







प्रतिक्रिया