बिर्तामोड । झापामा निषेधाज्ञा खुकुलो हुन थालेपछि कोरोना संक्रमण दर अझै उकालो लागेको छ । कोरोनोको अवस्थालाई सामान्य रुपमा सर्वसाधरणले लिन थाले पनि संक्रमण दर उस्तै छ ।
आज मात्रै झापामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २ जना संक्रमितको मृत्यू भएको छ । शनिवारसम्ममा झापामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ३९४ पुगेको छ । आज थप ८७ जना संक्रमित उपचार पछि घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितको मृत्यूदर बढिरहेको छ । पछिल्लो तथ्याङक अनुसार ३ प्रतिशतभन्दा बढिको मृत्यू भइरहेको छ । दोस्रो लहरमा मात्रै जिल्लामा हरेक दिन ४ जनाको अनुपातमा संक्रमितले ज्यान गुमाइरहेका छन् ।







प्रतिक्रिया