उमानाथ भण्डारी
कमल । नेकपा (एमाले) कमल गाउँ कमिटीले आफ्नो मातहतका कमिटी घोषणा गरेको छ ।
नेकपा(एमाले), कमल गाउँ कमिटीको शनिवार सम्पन्न एक कार्यक्रमका बीच नेकपा(एमाले), कमल गाउँ कमिटीले आफ्नो कमिटी मातहतका ३ वटै जनबर्गीय संगठनहरु (राष्टिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ) घोषणा गरेको छ । साथै राष्टिय युवा संघ नेपाल, कमल गाउँ कमिटीको कार्यालय उद्घाटन समेत गरेको छ ।

नेकपा(एमाले) कमल गाउँ कमिटीका अध्यक्ष भीमप्रसाद राईको अध्यक्षतामा भएको सो घोषणा सभामा प्रदेश कमिटी सदस्य तथा क्षेत्र नं. ५ का इन्चार्ज दीपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बिशेष आतिथ्य प्रदेश कमिटी सदस्य तथा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, जिल्ला कमिटी सचिवालय सदस्य तथा कमल गाउँपालिका इन्चार्ज शिव ढुंगेल, जिल्ला कमिटी सदस्य तथा कमल गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, जिल्ला कमिटी सदस्य नारायणप्रसाद गौतम, चक्रबहादुर गुरुङ्ग, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राम पौडेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कमल गाउँपालिकाका जनप्रतिनिधि, कमल गाउँ कमिटी सचिवालय र जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरु गरी करिव १५० जनाको उपस्थिती रहेको थियो ।
३ सय २९ जना सदस्यीय राष्ट्रिय युवा संघ कमल गाउँ कमिटीको घोषणा राम पौडेल, २९ सदस्यीय अखिल नेपाल किसान महासंघको घोषणा बेनुप्रसाद शिवाकोटी र ३५ सदस्यीय अखिल नेपाल महिला संघको घोषणा मेनुका काफ्लेले गर्नुभएको थियो ।
घोषणा कार्यक्रममा संक्षिप्त शुभकामना मन्तब्य राख्दै दीपक कार्कीले अब सबै जनबर्गीय संगठनहरु एकजुट भई पार्टी निर्माणमा गतिशिल हुनुपर्ने बताउनु भएको छ । त्यसै गरी दीपक कार्की र राम पौडेलले कमल ४ स्थित पेट्रोल पम्पसँगै रहेको राष्ट्रिय युवा संघ नेपाल कमल गाउँ कमिटीको कार्यालयको संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
आजका दुबै कार्यक्रम नेकपा (एमाले) कमल गाउँ कमिटीका सचिव हरिप्रसाद ढकालले सञ्चालन गर्नुभएको थियो भने घोषणा सभामा उपस्थित सम्पूर्ण अतिथि लगायत कमरेडहरुलाई जिल्ला कमिटी सचिवालय सदस्य तथा कमल गाउँपालीका इन्चार्ज शिव ढुंगेलले स्वागत गर्नुभएको थियो ।







प्रतिक्रिया