बिर्तामोड । झापामा आज थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिनमा ७ जनाको मृत्यू भएको छ ।
जिल्लामा सबैभन्दा धेरै बिर्तामोडमा ४८, भद्रपुर ३० र दमकमा २२ जनामा संक्रमण पुष्टि भएको हो । मेचीनगर ३, शिवसताक्षी, कनकाई, भद्रपुर र अर्जुनधाराका १/१ जना संक्रमितले ज्यान गुमाएका छन् । आजसम्म जिल्लामा ४०६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
झापामा संक्रमितको संख्या १६ हजार ७१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १६ सय ३४ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।







प्रतिक्रिया