Banner news

झापामा २५२ जनामा कोरोना पुष्टि, ४ को मृत्यू

झापामा २५२ जनामा कोरोना पुष्टि, ४ को मृत्यू


बिर्तामोड । झापामा बुधबार थप २ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ४ जनाले ज्यान गुमाएका छन् । एन्टी जेनबाट ७८ जनाको कोरोना पुष्टि भएको छ ।

बुधबार सबैभन्दा धेरै बिर्तामोडमा ५०, दमक ४८ र बुद्धशान्तिमा ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, कोरोनाबाट ज्यान गुमाउनेहरुमा बुद्धशान्ति,शिवसताक्षी १÷१ र मेचीनगरका २ जना रहेका छन् । यो सँगै झापाका कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १७ सय ४ जना पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares