Banner news

लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने

लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने

Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

काठमाडौँ । गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न गृहले निर्देशन दिएको हो।

‘त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमनसमेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न आदेशअनुसार अनुरोध छ’ गृहको परिपत्रमा भनिएको छ।

साउन ४ को मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सञ्चालनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने भनी निर्णय गरेको थियो।

कोरोना महामारीका कारण लामो दुरीका यातायात गत वैशाखदेखि काठमाडौँ उपत्यका भित्रिन दिइएको छैन।

शेयर गर्नुहोस :

0
Shares