मुख्य समाचार

साउन १० सम्म भारी वर्षाको संभावना

साउन १० सम्म भारी वर्षाको संभावना


मौसम विश्लेषण (Meteorological Analysis)

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि कर्णालि र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।


आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ साउन ८ गते ( शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन ९ गते ( शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

राती: देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०७८ साउन १० गते ( आईतबार)

दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १,बागमती,गण्डकि,लुम्बिनि,कर्णालि र सुदुर पशचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको संभाबना रहेको हुनाले  पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदि नाला र खहरेखोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

शेयर गर्नुहोस :

0
Shares