मुख्य समाचार

यस्तो छ मंगलवारसम्मको मौसम पूर्वानुमान

यस्तो छ मंगलवारसम्मको मौसम पूर्वानुमान


मौसम विश्लेषण (Meteorological Analysis)

देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)

देशभर सामान्य बदलीको अवस्था छ।प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ साउन १० गते ( आईतबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७८ साउन ११ गते ( सोमबार)

दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 २०७८ साउन  १२ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती , गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा  प्रदेश नं १ र गण्डकी प्रदेशका  भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी  भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

शेयर गर्नुहोस :

0
Shares