मुख्य समाचार

तत्काल भारी वर्षा नहुने संभावना

तत्काल भारी वर्षा नहुने संभावना


बिर्तामोड । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ ।

अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन ।

तर, पूर्वी ​वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको वर्षासँगै छोटो समयमा लागि केही ठाउँमा ठूलो वर्षा हुन सक्छ । यस्तै, आज राति प्रदेश(१, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा छोटो समयका लागि ठूलो वर्षा हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares