Banner news

सिल उल्लंघन गरेको होइन, स्वास्थ्यकर्मीको सेवा गरेका हौं : टाइमलेस

सिल उल्लंघन गरेको होइन, स्वास्थ्यकर्मीको सेवा गरेका हौं : टाइमलेस


बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्र सिल गरेको समयमा होटल टाइमलेस मोमेन्ट किन खोलियो भन्ने प्रश्न उठेको छ । शुक्रवार नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का र १०३ भायल खोप सोही होटलमा भेटिए पछि सिल गरेको समयमा होटल खोलिएको विषयलाई मुद्दा बनाइएको छ ।

होटल सञ्चालक रोचक बस्नेतले स्वास्थ्यकर्मीको सेवाका लागि होटल खुला गरेको जानकारी दिएका छन् । उनले फिल्डमा खटिने स्वास्थ्यकर्मीकै आग्रहमा होटलले सेवा प्रदान गर्दै आएको बताए । बस्नेतका अनुसार उहाँहरु विगत एक महिनादेखि खानपिनका लागि होटलमा आउने गर्नुभएको छ । कुनै दिन आउनु भएन होला । नभएर हरेक दिन खाजा र खानाका लागि आउनु हुन्छ । उहाँहरुकै लागि होटल खुला गरेको भन्दा फरक पर्दैन, बस्नेतले भने ।

स्वास्थ्यकर्मीकै अनुरोधमा होटल खोलेर यस्तो समयमा सेवा दिदैं आएका छौं, उनले भने – सिलको उल्लंघन गरेको होइन । होटलमा आउने जो कोहि व्यक्तिको सामान हेर्ने अधिकार आफुहरुलाई नभएको भन्दै उनले सुरक्षाको दायित्व होटलको भएको बताए ।

शेयर गर्नुहोस :

0
Shares