Banner news

झापामा थप १२८ जनामा कोरोना, बिर्तामोडका धेरै

झापामा थप १२८ जनामा कोरोना, बिर्तामोडका धेरै


बिर्तामोड । झापामा आज १२८ जनामा कोरोना पुष्टि भएको छ । दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् ।

आज जिल्लामा निको हुने संक्रमितको संख्या २५५ रहेको छ । अब, झापामा सक्रिय संक्रमितको संख्या २३ सय ३७ रहेको छ । हालसम्म जिल्लामा ५५६ जनाले कोरोना कै कारणले ज्यान गुमाइसकेका छन् । आज सबैभन्दा धेरै बिर्तामोडमा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares