Banner news

बिर्तामोडमा अटो चालकको हत्या आरोपमा भाई रतनलाल पक्राउ

बिर्तामोडमा अटो चालकको हत्या आरोपमा भाई रतनलाल पक्राउ


बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले दाईको हत्या गरेको आरोपमा ३८ वर्षीय रतनलाल राजवंशीलाई पक्राउ गरेको छ ।
प्रहरीले बिर्तामोड–४ पुरानो भद्रपुर रोडमा डेरा गरि बस्ने कचनकवलका भात्रु राजवंशी आइतवार विहान मृत फेला परेपछि भाईको खोजी सुरु गरेको थियो । उनलाई आइतवार राती ज्यामिरगढीबाट पक्राउ गरिएको छ ।

भात्रु बिर्तामोडमा अटो चलाउदैं बसेका थिए । शनिवार राती १२ बजे दाजुभाईको सामान्य विवाद भएको भाई रतनलालको भनाई छ । उनले प्रहरी समक्ष दाईको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएका छन् । मृत फेला परेको सूचना पाउनासाथ प्रहरी राजवंशीको डेरा पुगेको थियो । मृतकका छोराले काकाले आफ्नो बुबाको हत्या गरेको सूचना दिएपछि उनको खोजीमा प्रहरी लागेको थियो ।

शेयर गर्नुहोस :

0
Shares