बिर्तामोड । नेकपा एमालेको प्रथम पालिका अधिवेशन मंगलवारबाट शुरु भएको छ । झापाका १५ वटै पालिकामा एमालेको अधिवेशन शुरु भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर एकैपटक पालिका अधिवेशनको उद्घाटन गरेका थिए ।
झापामा सर्वसम्मत नेतृत्वका लागि नेताहरुले प्रयास गरे पनि नेतृत्व विवादले अधिकांश पालिकामा पहिलो दिन उद्घाटनपछि स्थगित गरिएको छ । स्थगित गरिएको अधिवेशन आजबाट पुनः सञ्चालन गरिने एमाले नेताहरुले जानकारी दिएका छन् ।
जिल्लामा पहिलो पटक कमल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । कमलले ७५ सदस्यीय कमिटी सर्वसम्मत गरेको प्रदेश सदस्य मेनुका काफ्लेले जानकारी दिइन् । कमलको अध्यक्षमा प्रेम पोखरेल, उपाध्यक्ष पृथ्वीपति राई, सचिव हरि ढकाल र उपसचिवमा विरेन्द्र अधिकारी, चन्द्रकला ढकाल चयन भएका छन् ।
दमक नगर कमिटीमा अध्यक्ष र सचिव सर्वसम्मत भए पनि अन्य पदहरुमा सहमति जुट्न सकेको छैन । अध्यक्षमा गेहनाथ पोखरेल र सचिवमा इन्द्र बहादुर गुरुङ सर्वसम्मत भइसकेका छन् । यस्तै, गौरीगञ्जमा एक जना उपसचिव सहित केही सदस्यहरु सर्वसम्मत भइसकेको छ । केहि पालिकाहरुमा मनोनयन दर्ताको काम भएको छ भने केहिमा सहमतिको प्रयास जारी रहेको बुझिएको छ ।







प्रतिक्रिया