बिर्तामोड । मेचीनगरमा जारी नेकपा एमालेको नगर अधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । मंगलवार उद्घाटन भएको अधिवेशन अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको निर्वाचन संयोजक पदम डाँगीले जानकारी दिए । एक सूचना जारी गर्दै उनले स्थगित गरेको जानकारी गराएका छन् ।

नगर कमिटी गठनका लागि घोषणा गरिएको निर्वाचन प्रक्रियामा अध्यक्ष मण्डलको सिफारिसमा सर्वसम्मत प्रक्रियाका लागि समय माग गरिएको छ । सर्वसम्मतका लागि तत्काललाई स्थगित गरिएको बताइएको छ । सर्वसम्मतका लागि थप समय आवश्यक भएको हुँदा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको डाँगीको भनाई छ ।
इच्छुक उम्मेद्वारका लागि अध्यक्ष मण्डल समक्ष नाम सूचिकृत गर्न भनिएको छ । नगरमा अध्यक्षका लागि राजु पोखरेल, कृष्ण कनाल, रुद्र डाँगी, कञ्चन तामाङ, भूपाल शिवाकोटी, कृष्णराज सिग्देलले मनोनयन दर्ता गरिसकेका छन् ।







प्रतिक्रिया