बिर्तामोड । बिर्तामोडका मासु व्यवसायी इन्द्र बहादुर मगरको हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ कानुनी कारवाही गर्न माग गरिएको छ । गत असोज २४ गते राति ८ बजे बिर्तामोड– ५ को महानन्द चौकमा मगरको हत्या भएको थियो ।
नेपाल मगर संघ झापा हत्यारा पक्राउ गर्न सरोकारवाला पक्षसँग माग गरेको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति झापाले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अहिलेसम्म हत्यारा पक्राउ नभएको भन्दै आपत्ति जनाएको छ । संघले प्रहरी प्रशासनलाई तत्काल पक्राउका लागि माग गरेको हो । मगर संघका जिल्ला अध्यक्ष जगत राना मगरले घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन अपिल गरेका छन् ।







प्रतिक्रिया