Banner news

न्युटनको विधार्थीमाथि यौन शोषण गरेको आरोपमा तत्कालिन शिक्षक पक्राउ

न्युटनको विधार्थीमाथि यौन शोषण गरेको आरोपमा तत्कालिन शिक्षक पक्राउ


बिर्तामोड । विधार्थीमाथि यौन शोषण गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । पीडित परिवारको उजुरीका आधारमा अर्जुनधारा–६ का जितेन बस्नेतलाई बुधबार साँझ पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । उजुरीका आधारमा पक्राउ गरिएको छ, डिएसपी आचार्यले भने – थप अनुसन्धान शुरु गरेका छौं ।

बिर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत छात्रालाई बस्नेतले केहि समयदेखी फकाइफुलाई यौन शोषण गरेको आरोप लागेको छ । परीक्षामा सहयोग गर्ने भन्दै तत्कालिन शिक्षक बस्नेतले बिर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको छ । होटलमा खाजा खान बोलाउने र होटल भिडभाड छ भन्दै कोठामा लगेर यौन शोषण गर्ने गरेको पीडितको भनाई छ । १५ वर्षीया बालिकालाई फेसबुकमा समेत म्यासेज गर्दै बोलेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो ।

बस्नेत असोज महिनादेखी न्युटनमा कार्यरत नरहेको प्रिन्सिपल देवेन्द्र हुँमागाईले जानकारी दिए । अध्ययनका लागि भारत जाने भनेपछि विधालयले विदा दिएको हुँमागाईको भनाई छ । भदौ महिनासम्म कार्यरत हुनुहुन्थ्यो, त्यसपछि यहाँ हुनुहुन्न – उनले भने । हुँमागाईले प्रहरीबाट सो घटनाबारे जानकारी पाएको बताएका छन् । उनले गलत क्रियाकलापमा सरिक जो सुकैलाई कानुनी कारवाही हुनुपर्ने बताए । न्युटनमा बस्नेत गणित शिक्षकका रुपमा कार्यरत थिए । उनी विधालयमा कार्यरत रहँदै विधार्थीमाथि यौन शोषण गरेको बताइएको छ ।
पीडित बालिकाको बुधबार नै स्वास्थ्य जाँच गरिएको छ ।

शेयर गर्नुहोस :

27
Shares