Banner news

झापा उत्रिए ओली

झापा उत्रिए ओली


भद्रपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा उत्रिएका छन् । अध्यक्ष ओलीले झापाको चार स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमाले झापाका अनुसार आज चार स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले भद्रपुरको ज्ञानुचोकमा पहिलो सम्बोधन गर्नेछन् । यस्तै, हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares