Banner news

बिर्तामोडमा अझै सुरु भएन मतगणना

बिर्तामोडमा अझै सुरु भएन मतगणना


बिर्तामोड । झापाको बिर्तामोडमा अझै मतगणना सुरु हुन सकेको छैन । १२ बजेसम्म गणना सुरु भएको छैन ।

मतगणना हुने सूचनाका आधारमा नगरपालिका आएका कार्यकर्ताहरु गणनाको पर्खाइमा बसेका छन् ।

सबै केन्द्रहरुबाट मतपेटिका ल्याएर राखिएको छ । १२४ वटा बक्सा भरिएका छन् भने ४ वटा खाली फिर्ता आएको सूचना प्राप्त भएको छ । मतपेटिका स्टोरमा शिल गरेपश्चात सर्वदलीय बैठक बस्ने र आवश्यक प्रक्रिया पूरा गरि वडा नम्बर १ बाट गणना गर्ने बुझिएको छ ।

बिर्तामोडमा ४० हजार ९ सय ६५ जना मतदाताले मतदान गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares