Banner news

काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

काठमाडौँ, ७ कात्तिकः व्यवस्थित बनाइएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान ड्रोन भ्यूमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि तयार पारिएको मैदान र व्यवस्थित प्यारापिट । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल साँझ ५ बजे हुनेछ ।

प्रतियोगितामा काठमाडौं आफ्नो पहिलो जितको खोजीमा रहने छ । पहिलो खेलमा काठमाडौं जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । अर्कोतर्फ, कर्णाली याक्स तेस्रो जितको खोजीमा हुनेछ । यसअघिका दुवै खेल कर्णालीले जितेको थियो । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई हराएको थियो ।

शेयर गर्नुहोस :

81
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu