बिर्तामोड

दोस्रो कार्यकालका लागि पाण्डेको पदबहाली

दोस्रो कार्यकालका लागि पाण्डेको पदबहाली


बिर्तामोड । दोस्रो कार्यकालका लागि बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले पदबहाली गरेका छन् । बुधबार वडाध्यक्ष पाण्डेसहित नवनिर्वाचित जनप्रतिनिधि वडा कार्यालय प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेद्वार बलराम कार्कीलाई पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनलाई दोस्रो कार्यकालका लागि वडाबासीले अनुमोदित गरेका छन् ।

निर्वाचित वडाध्यक्षसहित सदस्यहरुलाई वडा सचिव टिका अधिकारी र टोल विकास संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । वडा प्रवेश गर्दै पाण्डेले पहिलो कार्यकालभन्दा थप रचनात्मक हिसावले जनताको सेवा गर्दै जाने प्रतिक्रिया दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares