बिर्तामोड । मुल्यवृद्धि विरुद्ध अनेरास्ववियु झापाका नेताहरुले सरकारी सवारी नियन्त्रणमा लिएका छन् । आज विहान नेपाल आयल निगमको चारआली डिपो पुगेका विधार्थीहरु मुल्यवृद्धि नारावाजी गर्दै गर्दा आएका सरकारी सवारी नियनत्रणमा लिएको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए ।

संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले पेट्रोलिय पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै डिपोमा नारावाजी गरेका हुन् । नाराबाजीसहित विरोध ¥याली गरेको अनेरास्ववियुल चारआलीमा कोणसभा गरेको थियो । सोही क्रममा जिल्ला शिक्षा समन्वय इकाई र जिल्ला निर्वाचन कार्यालयको गाडि नियन्त्रणमा लिएर प्रहरीलाई चावी बुझाएको अध्यक्ष लामाले जानकारी दिए ।
यस्तै, प्रदेश १ को भूमि व्यवस्था तथा सहकारी मन्त्री ओम सरावगी चढेको गाडि रोक्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको अनेरास्ववियु झापाले जनाएको छ । प्रहरीले विधार्थीमाथि बल प्रयोग गर्दै रोकेपछि मन्त्री सवार गाडि भागेको थियो ।
अनेरास्ववियुको कैन्द्रीय आन्दोलन अन्तर्गत आयोजित विरोधको कार्यक्रममा प्रहरीले र विधार्थीबीच घम्साघम्सी समेत भएको छ ।







प्रतिक्रिया