Banner news

झापाका चार पालिकाका प्रमुखले लिए सपथ

झापाका चार पालिकाका प्रमुखले लिए सपथ


बिर्तामोड । झापामा थप चार पालिकाका प्रमुखले सपथग्रहण गरेका छन् । कमल, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष र मेचीनगर, गौरादहका प्रमुखले आज सपथग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष फुलवती राजवंशी, कमलका अध्यक्ष हुकुमसिंह राई, गौरादहका प्रमुख छत्रपति सुवेदी र मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले सपथग्रहण गरेका छन् ।

यसअघि जिल्लाका ११ पालिकाका प्रमुखले मुख्य निर्वाचन अधिकृतबाट सपथ लिएका थिए । आज ४ जनाले सपथ लिएसँगै १५ पालिकाका प्रमुख, अध्यक्षले सपथ लिएका छन् । अब, ४ पालिकाका अन्य जनप्रतिनिधिहरुलाई प्रमुखहरुले सपथ गराउने छन् ।

शेयर गर्नुहोस :

0
Shares