Banner news

कक्षा १२ को परीक्षा आज देखि

कक्षा १२ को परीक्षा आज देखि


काठमाडौं -कक्षा १२ को परीक्षा आज सोमबारदेखि सञ्चालन हुँदैछ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ।
परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै शर्माले भन्नुभयो, ‘देशभरका १ हजार २ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन हुने छ।’

७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरू हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ। परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय होम सेन्टर मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो।

शेयर गर्नुहोस :

0
Shares