Banner news

वेपत्ता तारा एयर दुर्घटनाग्रस्त अवस्थामा फेला, शव चिन्नै नसक्ने अवस्था

वेपत्ता तारा एयर दुर्घटनाग्रस्त अवस्थामा फेला, शव चिन्नै नसक्ने अवस्था


काठमाडौं । आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा थसाङ २ मुस्ताङको भीरमा फेला परेको छ ।

नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सिलवालका अनुसार कोही पनि जिवित छैनन् ।

सो जहाज स्थानीयबासीले देखेरे खवर गरेका थिए । सूचना अनुसार जहाजमा धनुषाका एकै परिवार ६ जना सवार रहेका थिए ।

शेयर गर्नुहोस :

0
Shares