Banner news

२२ मध्ये चिन्नै नसक्ने अवस्थामा १२ जनाको शब भेटियो

२२ मध्ये चिन्नै नसक्ने अवस्थामा १२ जनाको शब भेटियो


काठमाडौ -तारा एयरको विमान दुर्घटनामा अहिलेसम्म १२ जनाको शव फेला परेको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान फेला परेको हो । दुर्घटनास्थलमा अहिलेसम्म १२ जनाको शव फेला परेको गाउँपालिका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो ।

विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । दुर्घटनास्थलमा पुगेका स्थानीय बासिन्दाले शवहरू यत्रतत्र छरिएको अवस्थामा देखिएको बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares