Banner news

बिर्तामोडमा निर्वाचित आठ कार्यपालिका सदस्यद्वारा सपथग्रण

बिर्तामोडमा निर्वाचित आठ कार्यपालिका सदस्यद्वारा सपथग्रण


झापा । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा मंगलवार एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराइएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले सपथग्रहण गराएकी हुन् ।

कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा यमुना देवी आचार्य, तिला गौतम, निर्मलादेवि सुनार,लक्षिमा खतिवडा,संगीता सिवा, सिता ढुङ्गाना वि.क, शर्मिला राजवंशी र जगतवन्धु राजवंशी रहेका छन् । सपथग्रहण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । सपथग्रहण पछि कार्यपालिकाको बैठक समेत बसेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९-८०को बजेट,नीति तथा कार्यक्रम लगायतका विभिन्न विषयमा छलफल भयो ।

बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जेठ १९ र २० गते पञ्जिकरण सहितको २ दिने अभिमुखिकरण तालिमको आयोजना गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वडा नम्बर ३,४,५ र ६मा पर्ने हर्कलाल सडक मार्ग सडक,वडा नम्बर ५ को कन्काई मार्ग सडक, वडा नम्बर ९ मा पर्ने शहिदचन्द्र मार्ग सडक, वडा नम्बर ४ मा पर्ने विद्युत प्राधिकरण दक्षिण नेकपा एमालेको पार्टी कार्यालय हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने सडक, वडा नम्बर ७ को गरामनी बजार उत्तर भुसावाडी जोड्ने सडक,वडा नम्बर १ को नचानुटोलहुँदै बैँसावाडी ठाकुर मन्दिर जाने सडक र घाग्रा,देउनिया,अदुवा खोला कटान नियन्त्रण योजनाहरुका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नगरपालिका क्षेत्रभित्रका अति आवश्यकीय स्थानमा सडक मर्मत तथा स्तरोन्नति गर्न आवश्यक भएका कारण ग्राभेलको व्यवस्था गर्न नगर प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares