बिर्तामोड

यस्तो हुनेछ तीन दिनको मौसम

यस्तो हुनेछ तीन दिनको मौसम


मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

मौसम विश्लेषण (Meteorological Analysis)

हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। 

हाल मौसमको अवस्था (Present Weather Status)

हाल प्रदेश १, मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली भई मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। देशको बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

२०७९ जेठ १९ गते (बिहीवार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भुभागका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २० गते (शुक्रवार)

दिउँसो :  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमाती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ २१ गते (शनिवार)

दिउँसो :  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरुमा र बागमाती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

जारी मिति: २०७९/०२/१९ गते बिहान ०६:०० बजे

शेयर गर्नुहोस :

0
Shares