Banner news

आजदेखी पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ प्रतिलिटर

आजदेखी पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ प्रतिलिटर


बिर्तामोड । पेट्रोल र डिजेलमा गए राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ।
यस्तै मट्टितेलमा पनि १० रुपैयाँ घटाइएको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। सरकारले कर समायोजन गरेर मूल्य घटाउने निर्णय गरेको थियो।

निगमका अनुसार अब पेट्रोलको मूल्य १ सय ७० रुपैयाँ प्रतिलिटर, डिजेलको १ सय ५३ रुपैयाँ र मट्टितेलको १ सय ५३ रुपैयाँ कायम भएको छ।

शेयर गर्नुहोस :

0
Shares