Banner news

स्थानीय तहले अब कामदार कोरिया पठाउन नपाउने

स्थानीय तहले अब कामदार कोरिया पठाउन नपाउने


काठमाडौ- सरकारले स्थानीय तहलाई दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको छ ।

भगिनी सम्बन्धको आधारमा वैदेशिक रोजगारीका लागि स्थानीय तहले पठाउने अधिकार नरहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई दक्षिण कोरियामा कामदार पठाउन रोक लगाएको हो ।

मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको पत्रमा वैदेशिक रोजगारसम्बन्धी काम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार पर्ने उल्लेख छ । कामदार कोरिया पठाउने नाममा कतिपय स्थानीय तहहरु विवादित पनि भएका थिए ।

शेयर गर्नुहोस :

0
Shares