बिर्तामोड । झापाको मुख्य बजार बिर्तामोडमा सार्वजनिक शौचालयको व्यवस्थापनका लागि छलफल भइरहँदा स्थानीय एक सहकारी संस्थाले सर्वसाधारणका लागि सुविधा दिने घोषणा गरेको छ ।
बिर्तामोड – ४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधरण नागरिकका लागि शौचालय प्रयोग गर्न दिने संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए । उनका अनुसार भद्रपुर रोडका लागि संस्थाको शौचालय उपयोगी हुनेछ ।
भद्रपुर बस स्टेण्ड पश्चिममा रहेको शिखर साकोसले आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने अध्यक्ष राउतको भनाई छ । भद्रपुर बस स्टेण्डका यात्रु र अन्य ओहोरदोहोर गर्ने सर्वसाधारण नागरिकका लागि देख्ने गरी सूचना बोर्ड राखेर सुविधा प्रदान गरिने राउतले जानकारी दिए ।
सार्वजनिक शौचालय नहुँदा बिर्तामोडमा सर्वसाधारण समस्यामा पर्दै आएका छन् ।







प्रतिक्रिया