Banner news

बिर्तामोडसँग रत्ननगर मेलमिलाप केन्द्रको अन्तरक्रिया

बिर्तामोडसँग रत्ननगर मेलमिलाप केन्द्रको अन्तरक्रिया


बिर्तामोड । बिर्तामोड नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र बिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अध्ययन अवलोकनका लागि झापा आइपुगेको मेलमिलाप केन्द्रको टोलीले सोमबार बिर्तामोडमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

नगरको न्यायिक क्षेत्रमा भएका गतिविधिहरुको विषयमा अनुभव साँटासाँटको लागि टोली बिर्तामोड आएको मेलमिलाप विज्ञ कविता अधिकारीले बताइन् । उनले बिर्तामोडको न्यायिक समितिले गरेको उपलव्धी, संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा आएको चुनौतिको विषयमा अनुभव आदाना प्रदान नै भेटघाटको मुख्य उदेश्य रहेको जानकारी दिइन् । बिर्तामोडले गरेको राम्रो अभ्यासलाई रत्ननगरमा लगेर कार्यान्वयन गर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाको न्यायिक समितिको उजुरी प्रशासक टिका लामिछानेले नगरले अहिलेसम्म गरेका गतिविधिहरुको बारेमा जानकारी गराएकी थिइन् । उनले बिर्तामोडमा कुलो पैनी, मानो चामल, घर बहाल, आर्थिक लेनदेन लगायतका मुद्वा पर्ने गरको बताए ।

यसअघिका वर्षहरुमा नगरमा कानुनी सल्लाहकार सहित वडाका मेलमिलाप केन्द्रमा समेत अनुगमन गरेको बताउँदै उनले बिर्तामोड नगरपालिकाको न्यायिक सम्पादन जिल्लाकै उत्कृष्ठ बन्न सफल भएको जानकारी दिइन् । बिर्तामोडमा यो चालु आर्थिक वर्षमा दर्ता भएका ४७ वटा र अघिल्लो वर्षबाट सरि आएका १५ वटा गरि जम्मा ६२ वटा मुद्वामा ४७ वटा फर्छौट भईसकेको जानकारी गराइएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा कार्यवहाक मेयर नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोडले न्यायिक क्षेत्रमा प्रदेश १ मै उत्कृष्ठ काम गरेको बताए । उनले जनताका साना मसिना आधारभुत समस्याहरुमा केन्द्रित रहेर जनप्रतिनिधहरुले भुमिका खेल्नु पर्नेमा जोड दिए । उनले बिर्तामोडमा मुद्वाका फायल रेकर्ड व्यवस्थित रहेको र कानुनी सल्लाहकार नियुक्त गरेर काम गर्दै आएको जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares